सोमबार, वैशाख २१, २०८३

पल शाहले पाए सफाइ, तर जेलमुक्त नहुने

जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आज उनलाई सफाइ दिएको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

National life

काठमाडौं- कलाकार पल शाहले नाबालिग करणी अभियोगबाट सफाइ पाएका छन्। अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आज उनलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। 

अदालतले सफाइ दिए पनि उनी जेलमुक्त भने हुन पाउने छैनन्। कारण- जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ। उनी अहिले तनहुँ कारागारमा सोही सजाय काटिरहेका छन्। शाह करिब एक वर्षयता जेलमा छन् ।

जबरजस्ती करणीको मुद्दामा भने उनलाई नवलपुर अदालतले पनि सफाइ दिएको छ। कैदसँगै उनलाई १० लाख क्षतिपूर्तिबापतको जरिवाना पनि तोकिएको थियो।


प्रकाशित: Jan 17, 2023| 18:24 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।