सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल आइपुग्यो एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली

नेपाल आइपुग्यो एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली

एटीआर निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल आएको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– पोखरामा आइतबार भएको यती एयरको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ। एटीआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताएका हुन्।

National life

‘एटीआर निर्माता कम्पनीबाट काठमाडौं आएको ९ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ’, उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ।’

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ। आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनील थापा रहेका छन्। हवाई मर्मतविज्ञ एकराजजंग थापा र आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। आयोगले जाँच  सुरु गरिसकेको छ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ। उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइएको छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

प्रकाशित: Jan 17, 2023| 16:44 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।