शुक्रबार, फागुन २९, २०८२

शिक्षा क्षेत्रलाई उँभो लैजाने नवनियुक्त शिक्षामन्त्री खनालको प्रतिबद्धता

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने शिक्षामन्त्रीको प्रतिबद्धता।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शिक्षा अभियन्ता मानिने शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रुपमा मन्त्रालयमा पद वहाली गरेका छन्। मंगलबार शीतलनिवासमा सपथ लिएलगत्तै मन्त्रालय पुगेका खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याइने बताए। 

शिक्षा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त मन्त्री खनालले शिक्षा क्षेत्रमा यसअघि काम गरेको आफ्नो अनुभवसमेतका आधारमा मुलुकको शैक्षिक गुणस्तर सुधारका पक्षमा आवश्यक नीति तथा कार्यक्रम ल्याइने स्पष्ट पारे।  

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षामन्त्री खनालले विद्यालयमा शिक्षकको दरबन्दी समायोजनसहित समयमै आवश्यक पाठ्यपुस्तक व्यवस्था गर्ने, कोभिडपछिको सिकाइ र भोगाइका आधारमा शिक्षा क्षेत्रको समग्र विकास एवं गुणस्तर सुधारका पक्षमा आवश्यक नीतिगत व्यवस्था गर्ने धारणा व्यक्त गरे। खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको कोटाबाट शिक्षामन्त्री बनेका हुन्।

प्रकाशित: Jan 17, 2023| 15:53 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्