सोमबार, जेठ ४, २०८३

नेपाली बजारमा कति छ आज सुन–चाँदीको मूल्य?

सुन–चाँदीको मूल्य नेपाली बजारमा मंगलबार सामान्य रुपैयाँले घटेको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- सुन–चाँदीको मूल्य नेपाली बजारमा मंगलबार सामान्य रुपैयाँले घटेको छ।

National life

सोमबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिने सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी प्रतितोलाको १४ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। 

प्रकाशित: Jan 17, 2023| 11:33 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्