सोमबार, मंसिर २२, २०८२

सुदूरपश्चिम प्रदेश सभामुखमा भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

डोटी- सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन्।

National life

मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा सदस्यले मत दिएका थिए। बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन्।

आज बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेश सभा सदस्यले मतदान गरेका थिए।

भण्डारी नेकपा माओबादी केन्द्रका ११, नेकपा एमोका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुख बनेका हुन्।

प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावलले भने २३ मत मात्रै पाएका थिए। उक्त मत प्रदेश सभामा तत्काल कायम रहेको प्रदेश सभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेश सभा सदस्य भट्टले अस्वीकृत गरेका थिए।

Laxmi sunrise bank
kumari

रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजबादी पार्टीका ४ प्रदेश सभा सदस्यले समर्थन दिएका थिए। प्रदेश सभाको अर्को बैठक बुधबार (भोली) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित: Jan 17, 2023| 11:30 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।