सोमबार, वैशाख २१, २०८३

सिरहामा सवारी दुर्घटना, दुईको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

सिरहा- सिरहाको धनगढीमाई नगरपालिका–५ गोठ टोलस्थित सडकमा प्र.२–०१–००३ प. ५२९७ नम्बरको मोटरसाइकल र डब्लुबि ६५ डि ७४३९ नम्बरको ट्रक एकापसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुखिपुर नगरपालिका–८ बस्ने ५५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको छ। 

National life

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, नवलपरासीपश्चिम सुनवल नगरपालिका–१२ भुमहीस्थित सडकमा लु.२ ख १२२६ नम्बरको बस र बागमती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार एकापसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कारका चालक अर्घाखाँची घर भई कपिलवस्तु वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।  दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 17, 2023| 07:30 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।