सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीको माग

पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीको माग

हिमाली पदयात्राको लागि हजारौँ पर्यटक लाङटाङ जाने गर्दछन्। स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन्।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

रसुवा- लाङटाङ जाने पर्यटकीय  पदमार्गको झोलुङ्गे पुल जीर्ण भएकाले पुनःनिर्माण गरिदिन स्थानीयवासीले संघीय सरकारसंग माग गरेका छन्।

National life

विसं २०७२ को गोरखा भूकम्पले सो पदमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिकास्थित  दोमेन खोलाको झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको थियो।  तत्काल आवागमन सञ्चालन गर्न निजी स्तरबाट काठेपुल निर्माण समेत गरिएको थियो। पछिल्लो समय सो काठेपुलसमेत जीर्ण भइसकेका स्थानीयवासीले जनाएका छन्।   

हिमाली पदयात्राको लागि हजारौँ पर्यटक लाङटाङ जाने गर्दछन्। स्थानीयवासीले थाङसेप माथि छार्तिङ खोलामा समेत झोलुङ्गे पुल निर्माण गरिदिन माग गरिएका छन्। सो स्थानमा  भूकम्पको असरले हिमपहिरो आउँदा सो झोलुङ्गे पुल बगाइ पर्यटक आवागमनमा असर परेको जनाइएको छ। 

स्याफ्रुबेंसीदेखि खोलाको तिरैतीर लाङटाङ जाने १८ किलोमिटर पदमार्गअन्तर्गतका भागमा पर्ने झोलुङ्गे पुल निर्माणको साथसाथै पदमार्गसमेत मर्मत एवं पुनःनिर्माण गरिदिन माग गरिएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डुप लामा ज्याङ्वाले बताए।

पदमार्ग सहज नहुँदा विशेष गरी वर्षायाममा पदयात्रीको ज्यानसमेत जोखिममा परिरहेको  कारण सरोकारवाला निकायले समयमै ध्यान दिन स्थानीयद्वारा  आग्रह गरिएको उनले बताए। लाङटाङ जाने बृद्विम तर्फबाट खाम्जिङ, शेर्पागाउँ, रिम्चेतर्फको पुरानो बाटो भए पनि स्याफ्रुबेँसीदेखि खोला तिरतिरैतर्फकै पदमार्ग बढी प्रयोगमा आउने गरेको छ।   

नेपालको तेस्रो पर्यटकीयस्थलको रूपमा मानिएको लाङटाङ  पदमार्गको विकासका लागि नेपाल पर्यटन वोर्डलगायत सरोकारवाला निकायले विशेष कार्यक्रम ल्याई पर्यटन विकासको प्रवर्द्धनमा सहयोग गरिदिन  लाङटाङका बासिन्दाले माग गरेका छन्।    

लाङटाङ पदयात्रामा जाने पर्यटकका लागि हिमालबाट हिउँ पग्लेर  छ्याङछ्याङ गर्दै झरेको लाङटाङ खोलाको झर्ना, ठाउँठाउँमा बनेको ताल, भोजपत्र, ल्यारेक्स सल्लोलगायतका अनगिन्ती मिश्रण वनस्पति, सयौं प्रजातिका चरा,  फाट्टफुट्ट देखिने विविध प्रकारका जनावर, क्याङ्जेन भ्याली, मानव नजिक रहेको हिमनदी, यालापिक, गञ्जलालगायतका सम्पदाले मनमोहक बनाउने गरेको बताइएको छ।

यसैगरी पर्यटकका लागि खानेपानीको व्यवस्था, फोहरमैलाको उचित व्यवस्थापनको कार्यक्रमसमेत सञ्चालन गरिदिन लाङटाङका पर्यटन व्यवसायीले संघीय सरकारसंग आग्रह गरेका छन्।

प्रकाशित: Jan 16, 2023| 21:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।