सोमबार, जेठ ४, २०८३

महालक्ष्मी विकास बैंकको लाभांश पारित

विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार लैनचौर बैंक्वेटमा सभा भएको हो।

National life

सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत पनि गरेको छ।

यसै गरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

त्यस्तै विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताका रूपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ। सभाले आर्थिक वर्ष २०७९/८० मा बैंकको लेखापरीक्षण गर्न जे. बि. राजभण्डारी एन्ड डिविन्स चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरी पारिश्रमिक पनि अनुमोदन गरेको छ। साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

प्रकाशित: Jan 16, 2023| 15:41 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्