सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटना, काठमाडौंबाट पोखरा पुगे दुई फरेन्सिक विज्ञ

विमान दुर्घटना, काठमाडौंबाट पोखरा पुगे दुई फरेन्सिक विज्ञ

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन्।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव पहिचानका लागि काठमाडौंबाट दुई फरेन्सिक विज्ञ पोखरा पुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

National life

सोमबार मात्रै सरकारले पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान तथा पोस्टमार्टमका लागि विज्ञ चिकित्सक सम्मिलित राष्ट्रिय टिम बनाउने घोषणा गरेको थियो। 

विमान दुर्घटनामा परेर निधन भएका ६८ जनाको  शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ। यीमध्ये ३८ जना पहिचान भइसकेको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बताए। उनका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा पुगेका हुन्। 

प्रतिष्ठानमा पाँच जनाको फोरेन्सि टिम रहे पनि दुर्घटनामा मृत्यु भएकाको पहिचान र पोस्टमार्टमका लागि राष्ट्रिय टिम बनाइनुपर्ने भएकाले काठमाडौंबाट डाक्टर सहभागी भएको उनको भनाइ छ। दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएकामा ४ जनो अझै अज्ञात छन्।

प्रकाशित: Jan 16, 2023| 13:44 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।