शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मन्त्रिपरिषद् विस्तारमा ओली-प्रचण्ड निकट नै अनुत्तरित

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारमा बालकोट बैठकले सहमति जुटाउने भनिए पनि ठोस निश्कर्ष बाहिरिएको छैन। आज-भोलीभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भनिए पनि बैठकको सहमतिबारे प्रचण्ड र ओली निकट नेताहरू नै अनुत्तरित छन्।
 |  सोमबार, माघ २, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, माघ २, २०७९

काठमाडौं- ९ पुसको सातदलीय गठबन्धनको जन्मपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्ता भइरहेको छ। २२ दिनअघि बालकोटको बार्दलीबाट हात हल्लाउँदै सत्तासहयात्री बनेका नेताद्वयबीच यो बीचमा दर्जन पटक भेट भयो। पुस १० मा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा सानो आकारको मन्त्रिमण्डल पनि विस्तार भयो। तर, २२ दिन वितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन।

triton college

आजमात्रै प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन्। मन्त्रिपरिषद्को पूर्णता, राष्ट्रपति, सभामुख चयनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्। उनीहरूबीच 'लञ्च' सहितको 'वान टु वान' संवाद भयो। संवाद सरकारको पूर्णताका विषयमा केन्द्रित रहेको बताइएको छ।

माओवादी र एमालेबीच राष्ट्रपति, सभामुख, उपसभामुख, मन्त्रालयलगायत विषयमा कुरा मिल्न नसक्दा २२ दिन वित्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। प्रचण्ड र ओलीबीच समग्र शक्ति बाँडफाँटमा सहमति जुट्न नसकिरहेको बेला कांग्रेससँग पनि सत्तासाझेदारीमा संवाद गर्न सकिने प्रधानमन्त्रीको जनाउपछि यो विषय थप पेचिलो बनेको छ। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै प्रचण्ड र सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध नजिकिएको छ।

पुस २६ गते प्रचण्डले विश्वासको मत लिएका थिए। त्यसको अघिल्लो साँझ पुस २५ गते उनले देउवा निवास पुगेर आफूलाई विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरेका थिए। प्रचण्डसँगको छलफलपछि देउवा विश्वासको मत दिन तयार भएका थिए। देउवा कुन सर्तमा प्रचण्डलाई विश्वासको मत दिन तयार भएका हुन् भन्ने कुरा हालसम्म सार्वजनिक हुन नसके पनि कांग्रेसले राष्ट्रपति र सभामुखमा चासो दिइरहेको बताइन्छ।

कांग्रेसबाट राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सभामुखमा पूर्वउपसभापति विमलेन्द्र निधिको नाम चर्चामा छ। 

Metro Mart
vianet
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारमा बालकोट बैठकले सहमति जुटाउने भनिए पनि ठोस निश्कर्ष बाहिरिएको छैन।आज-भोलीभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भनिए पनि बैठकको सहमतिबारे प्रचण्ड र ओली निकट नेताहरू नै अनुत्तरित छन्।

सरकारले विश्वासको मत लिइसकेपछि समग्र शक्ति बाँडफाँट र मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको चौथो भेटवार्ता हो। शनिबार पनि प्रचण्ड र ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। यही दाबीका बीच आज बिहान पुन: दुई नेताबीच भेटवार्ता भएको छ।

‘शनिबार एमाले अध्यक्षसँगको छलफलपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको छ। आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ। सोमबार फुल क्याबिनेट बस्छ,’  शनिबार सम्पादकहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले भनेका थिए। तर, आइतबार पोखरामा भएको विमान दुर्घटनाका कारण सरकार विस्तारबारे छलफल हुन सकेन र आज पुन: छलफल सुरु भएको छ। प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद् विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्षसहित मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार रोकिएको एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। पहिला प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सहमति भएपछि सत्ता साझेदार दलहरूको बैठक राख्ने तयारी छ। सरकारले विश्वासको मत लिएपछि सत्ता साझेदार दलको संयुक्त बैठकसमेत बसेको छैन।

सत्ता साझेदार दलका नेताहरूले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् तर कहिले भन्ने ठोस जवाफ दिएका छैनन्। नेम्वाङले शीर्ष तहमा निरन्तर छलफल भइरहेकाले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे। ‘विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार हुनुपर्ने हो। छलफल लम्बिएकाले मन्त्रिपरिषद् विस्तारमा समय लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबीच निरन्तर छलफल भइरहेको छ। सायद, अब छिट्टै विस्तार होला,’ उनले भने।

उनले चाँडै सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे पनि के कारणले सरकार विस्तारमा ढिलाइ भइरहेको बारे भने खुलाउन चाहेनन्। कतै कांग्रेसले सरकारलाई विश्वासको मत दिँदा एमाले झस्किएको त होइन भन्ने नेपाल समयको प्रश्नमा उनले भने, 'होइन होइन। कांग्रेस प्रखुम प्रतिपक्ष नै हो। त्यसमा कुनै सत्य छैन।' 

उनले अहिलेसम्म सरकार विस्तारको हलो सत्ता गठबन्धनभित्रकै दलहरूमा अड्किरहेको बताए। यो जिम्मा दुई अध्यक्षको भएकाले उनीहरूका बीचमा छलफल चलिरहेको र आजभोलिभित्रै सरकारले पूर्णता पाउने उनले जानकारी दिए।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले आज भएको दुई नेताबीच भएको छलफल सकरात्मक दिशामा अगाडि बढेको बताएका छन्। 'धेरै कुरा नबाहिरिए पनि चाँडोभन्दा चाँडो सरकारको पूर्णतालाई टुंग्याउने विषयमा दुई नेता सहमति नजिक पुग्नु भएको छ', उनले भने। उनीहरुबीच भएको सहमतिलाई सत्ता गठबन्धनको बैठकबाट सहमति लिएर टुङ्ग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको उनले बताए।

प्रकाशित: Jan 16, 2023| 13:27 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...