शुक्रबार, फागुन २९, २०८२

नेपालगञ्जमा साढे १७ हजार बालबालिकालाई लगाइयो दादुरा खोप

बाँकेमा हाल कुल दादुरा बिरामी संख्या एक सय ९२ पुगेको छ। आइतबार थप १२ जना बिरामी भेटिएसँगै कुल संख्या एक सय ९२ पुगेको हो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- दादुरा प्रभावित नेपालगञ्जमा दादुरा रुबेला विरुद्धको खोप अभियान जारी छ। बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ।

National life

सोमबार नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका १६ वडामा १६ वटा खोप केन्द्र मार्फत दादुरा विरुद्धको खोप लगाउँदैछ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा अब तीन हजार १७ जना बालबालिकालाई खोप लगाउन बाँकी छ। १७ हजार सात सय खोप हालसम्म जिल्लामा खपत भइसकेको छ भने दुई हजार आठ सय खोप बाँकी छ।

बाँकेमा हाल कुल दादुरा बिरामी संख्या एक सय ९२ पुगेको छ। आइतबार थप १२ जना बिरामी भेटिएसँगै कुल संख्या एक सय ९२ पुगेको हो।

प्रकाशित: Jan 16, 2023| 13:04 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्