सोमबार, वैशाख २१, २०८३

पोखरामा विमान दुर्घटना, भेटियो ब्ल्याक बक्स

विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

National life

काठमाडौं– गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयर विमानको ब्ल्याक बक्स फेला परेको छ। विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको जानकारी दिए। विमान दुर्घटनामा परेलगत्तै खोजी कार्य जारी रहे पनि २५ घन्टापछि मात्रै भेटिएको ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले एकआपसमा गरेको कुराकानी रेकर्ड  हुने हुँदा यसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ। विमान दुर्घटना हुनुको मूल कारण पनि ब्ल्याक बक्सबाट थाहा पाउन सकिन्छ।

प्रकाशित: Jan 16, 2023| 12:00 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।