सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा फेला परेका ६८ शवको पोस्टमार्टम हुँदै

विमान दुर्घटनामा फेला परेका ६८ शवको पोस्टमार्टम हुँदै

विमान दुर्घटनापछि गरिएको खोजतलासका क्रममा शव भेटिएकाको पोस्टमार्टम प्रक्रिया सुरु गरिएको हो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार बिहान १० बजे भएको यती एअरको बिहान दुर्घटनामा परी मृत्यु हुने ६८ जनाको पोस्टमार्टमको तयारी थालिएको छ। विमान दुर्घटनापछि गरिएको खोजतलासका क्रममा शव भेटिएकाको पोस्टमार्टम प्रक्रिया सुरु गरिएको नेपाली सेनाले जनाएको छ। 

National life

जहाजमा सवार चार जनाको शव अझै नभेटिएको र सेती नदिमा बगेको हुन सक्ने आशंकामा पानीमा खोजी थालिएको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाँले बताए। 

विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम अञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्रै आफन्तलाई शव जिम्मा लगाइनेछ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड र सरकारी अनुमतिबाट मात्र पोस्टमार्टम गर्नुपर्ने भएकाले केही समय ढिलाइ भएको कास्की प्रशासनले बताएको छ। यतिबेला  अस्पताल परिसरमा विमान दुर्घटनामा परी मृत्यु भएका आफन्त भेला भएका छन्।

प्रकाशित: Jan 16, 2023| 10:45 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।