सोमबार, वैशाख २१, २०८३

बागलुङको ऐतिहासिक जैमिनी मेला

परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

बागलुङ- परम्परागत जैमिनी मेला जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेरा बजारमा सुरु भएको छ। जैमिनी ऋषिको तपोभूमि बागलुङको कुश्मीशेरामा रहेको जैमिनी धाममा वर्षौंदेखि हुँदै आएको माघे सङ्क्रान्ति मेलालाई केही वर्षदेखि परिमार्जन गरी मेला तथा महोत्सवका रुपमा विकास गरिएको हो।

National life

जैमिनी ऋषिले तपस्या गरेर ज्ञानआर्जन गरेको थलो जैमिनी धाममा साविक पश्चिमाञ्चल क्षेत्रकै ठूलो व्यापार मेलाका रुपमा यो मेला सञ्चालन हुने गरेको थियो। कालीगण्डकी किनारमा रहेको जैमिनी ऋषिले तपस्या गरेको ठानिने कुटी वरपर मेला लाग्दै आएको थियो। सोही मेलालाई विसं २०४९ देखि कुश्मीशेरा बजारमा सारिएको हो।

जैमिनी घाटसमेत नामले परिचित सो स्थानमा मकर नुहाउन जानेको ठूलो भीड हुने गर्दथ्यो। यहाँ तीन माघ नुहाउनेअर्थात् माघ १ गतेदेखि तीन दिनसम्म नुहाउने र मेला भर्नेको भीड हुने गर्दथ्यो। त्यसलाई पहिले व्यापार मेलाका रुपमा विकसित गरी यहाँका स्थानीय उत्पादनको बिक्रीका साथै स्थानीय प्रतिभाको पहिचानका लागि प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरिएको थियो।   

यता कुश्मीसेरामा सारेपछि भने सहारा क्लब कुश्मीशेराको आयोजना र जैमिनी नगरपालिकाको समन्वय तथा सहयोगमा मेला गर्न थालिएको हो। यो मेला माघे सङ्क्रान्तिको अवसर पारेर पुस २९ गतेदेखि सुरु हुने गर्दछ र विभिन्न खेलकुद प्रतियोगितासहित सुरु हुने गर्दछ। सो मेलाको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य लिलबहादुर थापाले उद्घाटन गरे। 

मेलाको उद्घाटन गर्दै थापाले बागलुङ दक्षिण क्षेत्रको प्रमुख व्यापार मेलाको रुपमा रहेको मेलालाई युवाले खेलकुद र संस्कृतिसँग जोडेर स्थानीय प्रतिभालाई पनि अवसर दिएकामा खुसी व्यक्त गरे। जिल्लाको दक्षिण क्षेत्र भौगोलिक हिसाबले सदरमुकाम र प्रदेश सदरमुकामबाट नजिक रहेर पनि पूर्वाधार निर्माणका हिसाबले दुर्गम रहेको सो क्षेत्रको विकासका लागि मेलामा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वले चासो व्यक्त गरेका थिए। 

जिल्लाको समग्र विकासका लागि राजनीतिक दलहरुका बीचमा एकमत हुनुपर्नेमा पनि उनीहरुको जोड थियो। सो क्षेत्रको विकासका लागि सभासद थापाले पनि कुनै पूर्वाग्रह नराखी गण्डकी प्रदेशसभाका सदस्यले एकताबद्ध भएर पहल थाल्ने बताए।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले बागलुङको विकासका लागि केही पूर्वाधार निर्माणको काम थालनी भइसकेको भन्दै वर्तमान जनप्रतिनिधिलाई निर्माणाधीन कामलाई पूर्णता दिन आग्रह गरे।

गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले निर्वाचनका समयमा गरेका प्रतिबद्धताअनुसारनै आफूले काम थालेको बताए। उनले पूर्वाधार विकास मात्रै विकास नभएको भन्दै मानवीय, आर्थिक र सामाजिक विकासलाई सँगै लैजानुपर्नेमा जोड दिए।

जैमिनी नगरपालिकाका उपप्रमुल हरिहर शर्माले जिल्ला सदरमुकामदेखि पालिका मुकाम जोड्ने सडकनै तत्काल बनाउनै पर्ने अवस्थामा रहेको बताए। उनले नगरले बनाएका योजनामा सहयोग गर्न सङ्घ र प्रदेशसरकारलाई आग्रह गरे।

मेलामा पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, जैमिनी डान्स आइडल, कृषि मेला प्रदर्शनी, शैक्षिक प्रदर्शनीलगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको सहारा क्लबका अध्यक्ष सुरेश सुनारले बताए। मेला माघ ५ गतेसम्म सञ्चालन हुनेछ। 

प्रकाशित: Jan 16, 2023| 10:17 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।