सोमबार, वैशाख २१, २०८३

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु, आठ घाइते

पाल्पाको रम्भा गाउँपालिका-४, हमीनका ३० वर्षीय विष्णुबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

पाल्पा- पाल्पाको रम्भा गाउँपालिका-४, हमीनका ३० वर्षीय विष्णुबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। 

National life

माथागढी गाउँपालिका–१, चिदीपानी अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

रातिको समयमा माछा मार्नका लागि विद्युत्‌को मुख्य लाइनबाट हुक लगाएर तयारी गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतक थापासँगै माछा मार्न गएका आठ युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले रम्भा गाउँपालिका–४ का यमप्रसाद दर्लामी, विष्णुबहादुर दर्लामी, सुजन रेस्मी, सोमबहादुर सिंजाली, सोमबहादुर गाहा, रिकमान दर्लामी, निशान दर्लामी, मदनबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो।

प्रकाशित: Jan 16, 2023| 08:18 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।