सोमबार, वैशाख २१, २०८३

कस्तो छ पोखराको बिहानी मौसम?

कास्कीमा अहिले मौसममा आंशिक बदली छ। तर, पानी पर्ने अवस्था नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- कास्कीमा अहिले मौसममा आंशिक बदली छ। तर, पानी पर्ने अवस्था नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

पोखरालगायत स्थानमा पानी पर्ने सम्भावना अत्यन्त न्यून रहेको महाशाखाले जनाएको छ। पोखरामा पानी पर्ने अवस्था नरहे पनि बदलीको अवस्था भने रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।

देशका कुनै पनि भूभागमा पानी सम्भावना नरहेको उनको भनाइ छ। उच्च पहाडी र हिमाली भूभागमा भने हल्का हिमपातको सम्भावना रहेको उनी बताउँछन्।

आज बिहान पौने ६ बजे पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए।

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्यलाई आज पनि निरन्तरता दिइँदै छ। हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो।

प्रकाशित: Jan 16, 2023| 08:00 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।