सोमबार, वैशाख २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा यति एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

National life

विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु। यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’  

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए। ती मध्ये ६८ जनाको शव फेला परेको भए पनि चार जना अझैँ बेपत्ता रहेका छन्।

प्रकाशित: Jan 16, 2023| 07:24 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।