सोमबार, वैशाख २१, २०८३

यतीको आजका सबै उडान स्थगित

यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान स्थगित गरेको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

National life

काठमाडौं- यती एयरलाइन्सले आजका लागि पूर्वनिर्धारित सबै उडान स्थगित गरेको छ। आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आजका लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो।

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।

विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए। त्यसमध्ये हालसम्म ६८ शव फेला परेको र तीन जनाको खोजीकार्य जारी रहेको छ।

प्रकाशित: Jan 16, 2023| 07:10 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।