मंगलबार, वैशाख २२, २०८३

बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

National life

काठमाडौं- पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बिहानैदेखि उद्धारकार्य थालिएको जानकारी दिए।

हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो। हिजो दिनभर उद्धारकार्य गरिएको भए पनि राति उद्धारकार्यमा कठिनाइ भएकाले स्थगित गरिएको थियो।

विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहे पनि हालसम्म ६८ जनाको शव फेला परेको छ। तीन जना भने अझैँ बेपत्ता छन्।

प्रकाशित: Jan 16, 2023| 06:58 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।