मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सक संघद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त

चिकित्सक संघद्वारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त

नेपाल चिकित्सक संघले आइतबार विहान भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- नेपाल चिकित्सक संघले आइतबार विहान भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।

National life

दुर्घटनामा परी संघका आजीवन सदस्य डा.सुशील श्रेष्ठ, डा. शोना दिवाकर, उनीहरुका दश महिने शिशु, डा. गणेश थापाको निधन भएको थियो। 

उनीहरूको निधनले नेपालले चिकित्सा क्षेत्रको उज्ज्वल नक्षत्र गुमाएको संघले बताएको छ। चालक दलका सदस्यसहित ७२ जनाको दुःखद निधनले मुलुक स्तब्ध भएको र नेपाली चिकित्सा क्षेत्रमा पनि अपूरणीय क्षति भएको संघले जनाएको छ। 

संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस दुःखद घडीमा सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवार तथा आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्।'

प्रकाशित: Jan 16, 2023| 06:52 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।