मंगलबार, वैशाख २२, २०८३

अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शीला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ।

National life

बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन्।

क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारीलगायतको उपस्थिति थियो।

क्षमापूजापछि नगरप्रमुख केसीले प्रदेश प्रमुख गुरुङ र जनकपुरको जानकी मन्दिरका पिठाधिस राम तपश्वेर दासमार्फत अयोध्याको रामलला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शीलाको प्रतिकस्वरुप तीन शालिग्राम हस्तान्तरण गरेका थिए।


प्रकाशित: Jan 15, 2023| 22:00 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।