आइतबार, भदौ १, २०८२

रसुवाको थुमनमा पहिलोपटक बससेवा सञ्चालन

गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँकोगोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो।
 |  आइतबार, माघ १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

vianetvianet

रसुवा- भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ। गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँकोगोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो।

शनिबार बिहान ६ बजे काठमाडौँबाट छुटेको बस अपराह्न ३ बजे थुमन पुगेको थियो। बस सेवा सञ्चालनले थुमन गाउँका चार सयभन्दा बढी घरपरिवार र हिमाली दृश्यावलोकनका लागि नाकथली पुग्ने सयौँ पर्यटकलाई यातायातको सुविधा पुगेको छ। ना ३ ख ८९८४ नंको डिलक्स बस गुडाइ पहिलोपटक थुमन प्रवेश गर्ने चालक मुस्कान मगरलगायत बसका कर्मचारीलाई स्थानीय लामागुरु समेतका समूहले खादा लगाई भव्य स्वागत गरेका थिए। 

चालक मगरले भने चार-पाँचवटा मोडबाहेक रसुवागढी राजमार्गको रोङ्गाबाट-थुमनसम्मको सडक राम्रो भएको पाइएको र लामागुरुको आशीर्वाद र स्थानीयवासीको स्वागतले सबै बस चालक थुमन जान उत्साहित बनाएको चालक मगरले बताए। 

बस सेवा सञ्चालन गर्ने क्षमताको सडक सुधार भएसँगै सहजरूपले एम्बुलेन्स गुडाउन, खाद्यान्न ढुवानी गराउन, गाउँवासीका सवारीसाधन घरगाउँमै पुर्‍याउन सहज भएको गोसाइँकुण्ड-१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले बताए। यातायातको साधनद्वारा थुमनवासीलाई नियमित यात्रा गर्न सहज भएको छ। 

स्थानीय वडा पदाधिकारी र बस व्यवसायीबीचको सहमतिबाट प्रतिव्यक्ति एक हजार दुई सय भाडा निर्धारण गरिएको बताउँदै नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामहरि श्रेष्ठले सडकमार्गमा काबुभन्दा बाहिरको अवस्थाबाहेक थुमनमा बाह्रै महिना बस सञ्चालन गरिने बताए।

Metro Mart

तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको पुरानो र भरपर्दो विश्वासिलो एकमात्र उक्त यातायात समितिले रसुवा, नुवाकोट र धादिङका विकट गाउँमा बस सेवा सञ्चालन गरी आमयात्रुको मन जित्न सफल भएको छ। हाल नमस्ते पासाङल्हामु यातायातले तीन जिल्लाका आधार इलाकामा दुई सयभन्दा बढी बस सञ्चालन गरिरहेको जनाइएको छ।

वडाध्यक्ष उर्केन तामाङले यातायात, स्वास्थ्य, शिक्षालगायत हरेक कुराबाट पछाडि परेको थुमन गाउँमा पहिलोपटक बस पुग्दा दूरदराजका बासिन्दा हर्षविभोर भएको र बाबुबाजेको पालामा जे-जति दुःख भएता पनि अबका दिनमा भावी पुस्तालाई पिठ्युमा थुञ्छे डोका र थाप्लोमा नाम्लो टुट्नेमा आफू आशावादी रहेको बताए।

नियमित बस सेवा सञ्चालन भएपछि सोमबारबाट थुमनका किसानले आफ्ना बारीमा उत्पादित हिउँदे तरकारी बिक्रीका लागि काठमाडौँका बजारमा पुर्‍याउन सजिलो भएको स्थानीय बासिन्दाले बताएका छन्। नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ् गोम्बो बीच विवाह हुँदा थुमन क्षेत्र हुँदै भृकुटी तिब्बतै गएकी इतिहासमा उल्लेख गरिइएको छ। ऐतिहासिक थुमन क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएको खबरले जिल्लावासी खुसी भएको जिल्लाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले बताए।

सन् २०१३ बाट रसुवागढी जलविद्युत्को काम अगाडि बढेसँगै प्रभावित बासिन्दालाई इआइए प्रतिवेदनले औँल्याएकाबाहेक आयोजनाले आन्तरिकरूपमा थप कार्ययोजना बनाई मोटरबाटो निर्माण गरिदिएका कारण ढिलै भए पनि थुमनगाउँमा बस गुडाउन सहज भएको सामाजिक अभियन्ता बताउँछन्।

चार-पाँच वर्ष अगाडि आफ्ना आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको सहयोगार्थ एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको सो ग्रामीण पहुँचमार्गको सदुपयोग गर्दै थुमनमा बस जाने वातावरण भएकाले रसुवागढी जलविद्युत् आयोजनाका प्राविधिकलाई नागरिक सम्मान गर्न सामाजिक अगुवाहरूले जोड दिएका छन्।

बस सेवा सञ्चालनका लागि रसुवागढी जलविद्युत्कै डोजर तथा लोडर एवं स्थानीय बासिन्दाको जनश्रमदानबाट ग्रामीण सडक सतहका खाल्डाखुल्डी भर्ने र नपुग हुने घुम्ती मोड मर्मत-सुधार गराएपछि यातायात सञ्चालन गरेको हो। रोङ्गाबाट थुमनसम्म तार्सा र देसेगाङसमेत तीन गाउँका बासिन्दाले १३ किमी सडक सुधार गरेको वडासदस्य एवं तार्सा युवा क्लबका अध्यक्ष कैसाङ तामाङले जानकारी दिए। 

थुमनका लागि काठमाडौँबाट बिहान ६ बजे र थुमनबाट काठमाडौँका लागि बिहान ८.३० बजे छुट्ने समयसमेत निर्धारण गरिएको उक्त बस व्यवस्थापन समितिले जनाएको छ।    -ज्ञानेन्द्र न्यौपाने रासस

 

प्रकाशित: Jan 15, 2023| 20:00 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।