शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यती एयरलाइन्सले दियो विमान दुर्घटनाको आधिकारिक जानकारी

यती एयरलाइन्सले दियो विमान दुर्घटनाको आधिकारिक जानकारी

एयरलाइन्सले विज्ञप्ती जारी गर्दै विमान आइतबार बिहान काठमाडौंबाट पोखराको लागि १०:३२ बजे उडेको र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

National life

काठमाडौं- आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान अन्तिम पटक सेती खोंच भन्ने स्थानमा सम्पर्कमा रहेको कम्पनीले जानकारी दिएको छ। एयरलाइन्सले विज्ञप्ती जारी गर्दै विमान आइतबार बिहान काठमाडौंबाट पोखराको लागि १०:३२ बजे उडेको र अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको जनाएको छ। विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु सवार रहेका थिए।

यात्रुमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेको जनाएको छ। विमानमा भएकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, अर्जेंटेनि , अस्ट्रेलियन, आइरिस र  फ्रान्सेलीका एक-एक जना हुन्। दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, तथा नेपाल प्रहरीको टोलीसहित उद्धार भइरहेको यती एयरले जनाएको छ।


प्रकाशित: Jan 15, 2023| 14:45 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।