मंगलबार, वैशाख २२, २०८३

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा

सरकारले पोखरामा भएको विमान दुर्घटनाको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- सरकारले पोखरामा भएको विमान दुर्घटनाको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।

National life

साथै बैठकले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। पूर्व सचिव नागेन्द्र घिमिरे संयोजक रहेको समितिमा दीपकप्रकाश बास्तोला, सुनील थापा, 

निराजन थापा छन्। समितिको सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसिचव बुद्धिसागर लामिछाने छन्। समितिलाई प्रतिवेदन तयार पार्न ४५ दिनको समय दिइएको छ। 

विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिरिषद् बैठक डाकेका थिए भने गृहमन्त्रीलाई लिएर त्रिभुवन विमानस्थल पुगेका थिए। 

मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री दाहाल पोखरा प्रस्थान गरेका छन्। उनीसँगै गृहमन्त्री रवि लामिछाने पनि पोखरा गएका छन्।



प्रकाशित: Jan 15, 2023| 14:34 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।