काठमाडौं-मेगा बैंक नेपाल लिमिटेडले थप तीन ठाउँमा एटीएम मेसिन जडान गरेको छ ।
काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।
स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले एक सय एक वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, एक सय १९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४