शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको समवेदना

विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको समवेदना

दुवै नेताले विमान दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका हुन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– आइतबार बिहान पोखरामा यती एयरलाइन्स जहाज दुर्घटनामा परेर निधन भएकाहरूप्रति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले समवेदना व्यक्त गरेका छन्। सभापति देउवाले विमान दुर्घटनामा परेका नागरिकको उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्। उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न पनि सभापति देउवाले सुझाएका छन्।

National life

देउवाले घटनामा परी निधन भएकाहरूप्रति  श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन्। यस्तै, एमाले अध्यक्ष ओलीले प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्।

यो खबरले अत्यन्त दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

काठमाडौंबाट पोखराका लागि आज उडेको यती एयरको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको थियो।  पोखराका लागि उडेको उक्त विमानमा चालक दलका ४ सहित ६८ यात्रु सवार थिए। हालसम्म ४० जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित: Jan 15, 2023| 13:47 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।