मंगलबार, वैशाख २२, २०८३

विमानले दुर्घटना हुनुअघि अवतरण अनुमति लिएको खुलासा

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको विमानले दुर्घटनाअघि अवतरण अनुमति लिएको जानकारी दिएका हुन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं– आइतबार बिहान दुर्घटनाग्रस्त काठमाडौंबाट गएको यती एयरलाइन्सको विमानले पोखरामा अवतरण अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। 

National life

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको विमानले दुर्घटनाअघि अवतरण अनुमति लिएको जानकारी दिएका हुन्। 

‘मौसमको समस्या थिएन। विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विमानमा अकासमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ’, उनले भने। 

चालकसहित ७२ यात्रु सवार विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए। प्राधिकरणका अनुसार विमानमा ८  विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए।  पोखरामा भएको यती एयरको विमान दुर्घटनामा हालसम्म ४० शव निकालिएको प्रवक्ताले बताए।

प्रकाशित: Jan 15, 2023| 13:09 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।