मंगलबार, वैशाख २२, २०८३

नियमित अदुवा सेवनले के हुन्छ फाइदा?

अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइँदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने विज्ञहरू बताउँछन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

अदुवा नेपाली भान्सामा नियमित मसला हो। यद्यपि कतिपयले यसको प्रयोग गरेको पाइँदैन। यसको नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउने विज्ञहरू बताउँछन्।

National life

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ। आयुर्वेदमा यसको प्रयोगको इतिहास लामो रहेको छ।

अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्याबाट बचाउँछ। यसले जोर्नीहरू सुन्निने समस्यालाई पनि कम गर्छ। यति मात्र नभएर यसको क्यान्सर तथा मुटुरोगविरुद्ध पनि औषधीय गुण रहेको छ साथै मस्तिष्कको कार्यमा पनि यसले बुस्टरको काम गर्छ।

अदुवाको सेवनले शरीर सुन्निएमा चाँडो सुकाउने, अपच हुने समस्या हटाउँछ, बिहान लाग्ने वाकवाकी हटाउँछ, मांशपेसीको दुखाई कम हुन्छ, महिनावारीको दुखाई कम गर्छ, कोलेस्टेरोललाई सन्तुलन गर्न मद्दत गर्छ, प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ।

प्रकाशित: Jan 15, 2023| 10:22 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।