शुक्रबार, फागुन २९, २०८२

चीनमा कोरोनाबाट एक महिनामा झण्डै ६० हजारको मृत्यु

चीनमा कोरोना महामारीका कारण पछिल्लो एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका त्यहाँस्थित स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- चीनमा कोरोना महामारीका कारण पछिल्लो एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका त्यहाँस्थित स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

National life

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९ सय ३८ जनाको कोरोना संक्रमण तथा त्यससँग सम्बन्धित अरु कारणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।

ज्यान गुमाउने यो तथ्याङ्क रेकर्ड गरिएको संख्या भएकाले अझ धेरै नागरिकले ज्यान गुमाएका हुनसक्ने अनुमान गरिएको छ। जियाओका अनुसार रेकर्ड सङ्ख्यामध्ये ५ हजार ५ सय ३ जनाको कोभिड सङ्क्रमण तथा ५४ हजार ४ सय ३५ जनाको कोभिडसँग जोडिएका अन्य समस्याबाट ज्यान गएको हो।

गएको डिसेम्बरमा शून्य कोभिड नीति हटाएपछि चीनमा संक्रमण थप फैलिएको छ। चीनका स्वास्थ्य अधिकारीहरूले ज्यान गुमाउनेहरू ६५ वर्षमाथि उमेर समूहका ९० प्रतिशतभन्दा धेरै रहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ।

प्रकाशित: Jan 15, 2023| 08:05 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्