सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वन पैदावार र जलविद्युत् आर्थिक विकासका मेरुदण्ड : राष्ट्रपति भण्डारी

वन पैदावार र जलविद्युत् आर्थिक विकासका मेरुदण्ड : राष्ट्रपति भण्डारी

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न तीव्र विकास, स्वदेशमै रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काभ्रे– राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको अभियानलाई सफल बनाउन राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने आवश्यकता औंल्याएकी छन्। 

National life

शनिबार काभ्रेको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रह्मायणी क्षेत्रमा निर्मित विष्णुका दसावतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रह्मपार्क  उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने बताएकी हुन्।

‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्ष पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपर्छ। यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो’, उनले भनिन्। 

आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुन सक्ने उनको धारणा थियो। राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताइन्।

उनले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै मानव र प्रकृतिबीचमा निरन्तर सन्तुलन कायम राख्न सकिने धारणा व्यक्त गरिन्। धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रुपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाइ दिँदै प्रकृति र संस्कृतिको अतुलनीय संगम बनेको नेपाललाई अनेकन तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने उनको भनाइ छ। 

कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानलाई सफल तुल्याउन समुदायलाई राज्यले ‘होस्टेमा हैंसे’ गर्नुपर्ने बताए।

प्रकाशित: Jan 14, 2023| 17:00 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्