शुक्रबार, फागुन २९, २०८२

देशभरकै उत्कृष्ट बन्यो त्रिशूली अस्पताल

देशभर रहेका ‘सेकेन्डरी ए’ समूहअन्तर्गतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट घोषित भएको हो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

नुवाकोट– न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा त्रिशूली अस्पताल नुवाकोट ९६ प्रतिशत अंकसहित देशभरको उत्कृष्ट अस्पताल घोषित भएको छ। आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको ‘अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड’को शुक्रबार गरिएको अनुगमनका आधारमा उत्कृष्ट अस्पताल भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. दीपेन्द्र पाण्डेले बताएका हुन्।

National life

उनका अनुसार देशभर रहेका ‘सेकेन्डरी ए’ समूहअन्तर्गतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट घोषित भएको हो। ‘अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, विद्यमान जनशक्ति, अस्पतालको सुशासन तथा पारदर्शितालगायत विज्ञ टोलीको अनुगमनको आधारमा यस वर्ष ९६ प्रतिशत अंक प्राप्त भएको छ’, अस्पतालका मेसु डा. पाण्डेले भने, ‘शतप्रतिशत पु¥याउने भए पनि अझै केही सुधार गर्न विज्ञबाट दिएको सुझाव तथा निर्देशनको पालना गरेर आगामी वर्ष उक्त लक्ष्य पूरा गर्नेछौं।’

यसअघि त्रिशूली अस्पताल आर्थिक वर्ष २०७७/७८ मा ८८ प्रतिशत र २०७८/७९ मा ९४ प्रतिशत अंक ल्याएर देशभरमा सर्वोकृष्ट अस्पताल घोषित भएको थियो।

विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिएको अस्पतालका अध्यक्ष राजु पण्डितले प्रतिबद्धता जनाए। विज्ञ टोलीले अस्पतालको शुक्रबार अनुगमनपछि आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गरेको हो।

अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्डमा यो वर्ष बर्दिया जिल्ला अस्पताल ९५ प्रतिशत अंकसहित दोस्रो र धादिङ अस्पताल ९३ प्रतिशत अंकसहित तेस्रो भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 14, 2023| 17:40 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्