सोमबार, जेठ ४, २०८३

नेप्सेमा ९३ अर्ब हाराहारीको धितोपत्र सूचीकृत

नेप्सेमा चालू आवको मंसिर मसान्तसम्म सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

National life

काठमाडौं– चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड बराबरको साधारण सेयर, ९ अर्ब ७४ करोड बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५९ करोड बराबरको हकप्रद सेयर गरी कुल ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा बोर्डले ७ अर्ब २० करोड बराबरको डिबेन्चर, ५ अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, २ अर्ब ४५ करोड बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर गरी कुल १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ। नेप्सेमा चालू आवको मंसिर मसान्तसम्म सूचीकृत ६ अर्ब ९३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ८३ अर्ब ७६ करोड रहेको छ। 

प्रकाशित: Jan 14, 2023| 17:55 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्