मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गयो

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गयो

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

नयाँ दिल्ली- भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन्। 

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो।

नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र अन्य केही घाइते भएको नासिकस्थित प्रहरी कार्यालयले पुष्टि गरेको छ। मृत्यु भएकामध्ये सात महिला, दुई बालबालिका र एक पुरुष रहेको अधिकारीहरूले जनाएका छन्।

उक्त बस ठाने जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको मन्दिरहरूको शहर भनिने शिर्डीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।   -सिन्ह्वा

प्रकाशित: Jan 13, 2023| 21:39 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।