मंगलबार, वैशाख २२, २०८३

इलामको दानाबारी जोड्ने १२ किलोमिटर सडक कालोपत्रे

प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

झापा- झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्रे भइरहेको छ। प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ।

National life

यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा सडक निर्माण कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए। ‘दुर्गापुरदेखि दानाबारी पुग्न झन्डै दुई घण्टा लाग्छ’, उनले भने, ‘अब सडकमा कालोपत्रे भएपछि आधा घण्टामै पुग्न सकिन्छ। यसले सो क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार बलियो भएको छ।’

उनका अनुसार यो सडक कालोपत्रे गर्ने ठेक्का कनकाई मोतिदान जेभीले लिएको छ। विसं २०७८ भदौ २३ गते ठेक्का सम्झौता भएको र आगामी विसंं २०८० भदौ २२ मा निर्माण सम्पन्न गर्ने योजना छ।

हाल प्रदेश सरकारले झापा र इलामका विभिन्न स्थानका दर्जनभन्दा बढी बहुवर्षीय योजनाका सडकमा कालोपत्रे भइरहेको उनको भनाइ छ। सो सडक निर्माणपछि दानाबारी क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामग्री बजारीकरणका लागि सहयोग पुग्ने महमाई नगरपालिका-३ का कुमार कार्कीले बताए।

उनका अनुसार यसअघि दानाबारीबाट खुदुनाबारी हुँदै बिर्तामोड जाने सडक लामो दूरीको सडक यहाँका बासिन्दाले प्रयोग गर्दै आएका छन्।

प्रकाशित: Jan 13, 2023| 21:30 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।