सोमबार, वैशाख २८, २०८३

पूर्वप्राथमिक कक्षामा प्रवेश परीक्षा नलिन निर्देशन

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकालाई घोकाउने तथा कण्ठ गराउने र गृहकार्य दिने अभिभावकको गुनासो आएको केन्द्रद्वारा जानकारी।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

National life

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयलाई निर्देशन दिएको छ। शाखाले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालनसमेत नगर्न निर्देशन दिएको छ।

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वांगीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, त्यस्तै प्रकृतिका गृहकार्य दिने अभिभावकको गुनासो आएको केन्द्रले जनाएको छ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेख्दै आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन आग्रह गरेको छ।

प्रकाशित: Jan 13, 2023| 17:20 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्