सोमबार, जेठ ४, २०८३

साढे ७ प्रतिशत पुग्यो मूल्यवृद्धि

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको देखाएको हो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं– राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति साढे ७ प्रतिशत नजिक पुगेको विवरण सार्वजनिक गरेको छ।शुक्रबार बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको देखाएको हो। गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत बराबर थियो।

National life

राष्ट्र बैंकका अनुसार मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.५९ प्रतिशत रहेको छ। यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुराँ तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।

मंसिर मसान्तसम्म गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत र मनोरञ्जनको ८.७६ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार घरायसी उपयोगका वस्तुको ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ८.२९ प्रतिशतले बढेको छ। सोही अवधिमा उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मूल्य बढेको छ।

गत वर्षको मंसिरमा यी क्षेत्रमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो। गत मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.१५ प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२२ प्रतिशत थियो।

५ महिनामा भित्रियो ४ खर्ब ८० अर्ब रेमिट्यान्स

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ४ खर्ब ८० अर्ब ५० करोड बराबरको विप्रेषण भित्रिएको राष्ट्र बैंकले बताएको छ। शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पाँच महिने विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो।

प्रकाशित: Jan 13, 2023| 15:19 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्