बिहीबार, असार ६, २०८१

बलिउड फिल्म: हिन्दु र मुस्लिमबीच धार्मिक विवाद ल्याउने शृंखला

एउटा कथा, धेरै पात्र अनि धेरै मान्छेको मिहिनेत। तबमात्र फिल्म तयार हुन्छ। एउटै चलचित्र, जसलाई अनगिन्ती पटक 'समाजको दर्पण' भनिन्छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

एउटा कथा, धेरै पात्र अनि धेरै मान्छेको मिहिनेत। तबमात्र फिल्म तयार हुन्छ। एउटै चलचित्र, जसलाई अनगिन्ती पटक 'समाजको दर्पण' भनिन्छ।

triton college

तर विगतमा यो ऐना कति धुलो वा स्पष्ट भएको छ त? त्यो अन्तिम फिल्म याद छ, जुन हेरेर तपाईंले धर्महरूबीचको खाडल मिठासले भरिएको वा तीतोपनले गहिरो भएको देख्नुभयो? यस कथामा हामी सन् २०२२ मा रिलिज भएका केही फिल्महरूको बारेमा कुरा गर्नेछौं, जसमा कुनै पनि दृश्य वा फिल्मको पृष्ठभूमिमा धर्म थियो।

गीतमा लगाइने लुगाको रङ धर्मसँग जोडिएको बेलामा कथाको केन्द्रमा वा पृष्ठभूमिमा धर्म रहेको फिल्मको उल्लेख गर्नुपर्छ। तर पहिले विगतका चलचित्रहरू हेरौं- जसमा धार्मिक सद्भाव बढाउने प्रयास गरिएको थियो।

हिन्दु बन्ने कि मुस्लिम?

सन् १९४१ मा वी शान्तारामको फिल्म 'पडोसी' रिलिज भएको थियो। फिल्मको पहिलो दृश्यमा मिर्जा नमाज पढ्न आउँदा पण्डित (ठाकुर) रामायण पढिरहेका छन्। मिर्जा सोध्छन्- किन उठ्नुभयो ठाकुर, भर्खरै त तपाई‌लाई रामायण पढ्न मन लागेको थियो? पण्डितले भने- मैले पढ्दा तिम्रो प्रार्थनाको समय बित्नेछ। फेरि त्यसको पाप मलाई लाग्छ।

Metro Mart

दृश्यको सुन्दरता यो पनि छ कि फिल्ममा पण्डितको भूमिका मजहर खान र मिर्जाको भूमिका गजानन जगिरदारले निभाएका थिए।  यो त्यो समयको फिल्म हो, जतिबेला धर्मको आधारमा पाकिस्तान बनाउने तयारी भइरहेको थियो। बाँध बनाउन आएका एक इन्जिनियरको योजनाका कारण दुई हिन्दु मुस्लिम साथी कसरी शत्रु बन्छन् भन्ने फिल्मको कथा थियो। यो दुस्मनी तब खतम हुन्छ जब सबर र गाउँको नयाँ बाँध फुट्छ।

पीएल सन्तोषीको सन् १९४६ मा आएको ‘हम एक हैं’ पनि त्यस्तै फिल्म हो। फिल्ममा जमिन्दार आमाको भूमिकामा दुर्गा खोटेले तीन फरक धर्मका सन्तान हुर्काएकी छिन्। यी तीन बालबालिकाले आ–आफ्नो धर्म पछ्याएर अगाडि बढ्छन्। देवानन्दले फिल्म ‘हम एक हैं’ बाट आफ्नो करियर सुरु गरेका थिए।

सन् १९५९ मा आएको फिल्म ‘धूल का फूल’को कथामा एक मुस्लिम पुरुष अब्दुलले जंगलमा भेटिएको बच्चालाई हुर्काउँछन् र यही ‘अवैध’ बच्चाका कारण उनी आफैं समाजबाट बहिष्कृत हुन्छन्। बच्चा हुर्काउँदै गर्दा खिचिएको गीतमा अब्दुल भन्छन्– ‘तू हिन्दू बनेगा ना मुसलमान बनेगा, इन्सान की औलाद है इन्सान बनेगा...’ विगत केही वर्षमा यस्तो कुनै नयाँ गीत वा संवाद सुन्नुभएको छ? यस लिस्टमा तीन दाजुभाइको जीवन ‘अमर, अकबर, एन्थोनी’ पनि पर्दामा देख्न सकिन्छ।

'रंग दे बसन्ती यार...'

प्रकाशित: Jan 14, 2023| 08:14 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।