शनिबार, मंसिर २३, २०८०

आफ्नै पिलो निचोर्न बाँकी छ भन्ने लागेर 'बाआमा' लेखेका रामलाल

चार कथा लेख्दा निकै छरिएको थियो उनको कथा। एकअर्कासँग अन्तरसम्बन्ध थिएन। तर, उनलाई आफ्नै कथाले छोडेको थिएन। हो, उनलाई आफ्नै विगतको कथाले छोडेन। नातेदारका कथाले छोडेन, साइनाको कथाहरूले छोडेन।
 |  शनिबार, पुस ३०, २०७९
averest bankaverest bank

राज सरगम

राज सरगम

शनिबार, पुस ३०, २०७९

कुरा २०७६ सालको हो। माघको कुहिरोले धनगढी बजारलाई छपक्क छोपेको थियो। पारिलो घामको प्रतीक्षामा घरको बार्दलीमा बसेर नयाँ किताब लेख्ने सोच बुनिरहेका थिए, लेखक रामलाल जोशी। हातमा कापीकलम लिएर लेख्न बसेका जोशीको मनमष्तिस्कमा निरन्तर विगतका कुराले बेग हानिरहेको थियो। उनी नातेदार, आफन्त, बहिनी, बाआमालाई सम्झिन थाले। उनी सम्झनाको गहिराइमा डुब्दै जाँदा निकै भावुक भए। बितेका दुःख फिल्मको रिलझैं घुम्न थाल्यो नयन र मष्तिस्कभरी। 

sagarmatha cement

अतीत सम्झिँदा जोशीको गह भरिँदै गयो। रित्तो कापीका पानाहरू गह भरिएको बहले भरिँदै गए। ऐना कथा संग्रहका लागि मदन पुरस्कार विजेता जोशीले बा‍‍-आमामाथि नै किताब लेख्छु भनेर सोचेका थिएनन्। सम्झनामा आएका अतीत सिलसिलेवर कथा भएर बग्न थाले। त्यसपछि रोकिएन उनको कलम। लेखिरहे, कलम दौडिरह्यो। चारवटा कथा लेखिसकेपछि उनी रोकिए। आफैँलाई सोधे– म के लेखिरहेको छु?

तर, उनको मन सामाजिक सञ्जालमा पोखियो, ‘बाआमासँग छु।’ उनको लेखन मन पराउने शुभचिन्तकले शुभकामना दिन थाले। ‘बाआमाको कथा नै लेख्छु भन्ने योजना थिएन। चारवटा कथा लेखिरहँदा ऋत नाम राखेको थिएँ’, उनले भने । 

चारवटा कथा एकअर्कासँग नजिक थिए। अन्तरसम्बन्धित कथाहरूको संयुक्त नाम ऋत नै हुन्छ भन्ने लागेको थियो उनलाई। तर, उनी ऋतकै ह्याङओभरमा थिएनन्। सामाजिक सञ्जालमा लेखेको बाआमालाई उनको शुभचिन्तकले रूचाइदिए। 

चार कथा लेख्दा निकै छरिएको थियो उनको कथा। एकअर्कासँग अन्तरसम्बन्ध थिएन। तर, उनलाई आफ्नै कथाले छोडेको थिएन। हो, उनलाई आफ्नै विगतको कथाले छोडेन। नातेदारका कथाले छोडेन, साइनाको कथाहरूले छोडेन।

‘मनमा बाआमा लिएर लेख्न बसेपछि किताबको नाम ऋत नै राख्ने सोच थियो’, उनले भने। कथा बाआमाको लेखिरहेका छन्। नाम ऋतले छोडेको थिएन उनलाई। उनी दुविधामा परेका थिए। ऋतको अर्थ ईश्वरीय नियम, प्रकृतिमय ओज हुन्थ्यो। त्यो प्रकृतिमय ओजभन्दा बाआमाले नै उनलाई छोइसकेको थियो। अनि आफ्नो दुविधा हटाउने केही मित्रहरू माझ उनले ऋत र बाआमा सुनाए। 

Metro Mart
worldlink

‘ऋत शब्द जसलाई आम पाठकले बुझ्दैनन्। जुन शब्दको अर्थ बुझ्न शब्दकोष नै पल्ट्याउन पर्छ। सरल हुनुपर्छ। जनजिब्रोमा आउने हुनुपर्छ। ऋतभन्दा त बाआमा नै ठीक छ’, उनले आफ्ना साथीहरूले दिएको सल्लाह सुझावलाई दोहोर्‍याए।

चार कथा लेख्दा निकै छरिएको थियो उनको कथा। एकअर्कासँग अन्तरसम्बन्ध थिएन। तर, उनलाई आफ्नै कथाले छोडेको थिएन। हो, उनलाई आफ्नै विगतको कथाले छोडेन। नातेदारका कथाले छोडेन, साइनाको कथाहरूले छोडेन। मनमा साइनो र पारिवारिक सम्बन्धका कथाहरू फुरे पनि उनको कथाहरू धागोमा सयपत्री फूल उनेजस्तो भएन। छारिएका भाँडालाई एउटै बाटामा हालेझैं उनले कथाहरूलाई एकअर्कासँग जोड्दै बाआमालाई बुने। 

मिनी आत्मकथा
धेरै लेखकले आफ्नै सेरोफेरोका घटनालाई आख्यानमा कलात्मक शैलीले बुन्छन्। भाषाको जादुले आफ्नो निजी कथालाई आख्यानिकरण गर्छन्। लेखक जोशी पनि यो कुराबाट अछुत छैनन्। ‘धेरैले मेरो मिनी आत्मकथा पनि भन्नुभयो । हो, सत्यतासँग एकदम नजिक छ। मेरो नातासम्बन्ध र नजिक हुनु भएका बाआमा’, उनले भने। 

कुनै कल्पना अथवा स्वरैकल्पनाको दुनियाँ नरचेको बताउँछन् बाआमाका लेखक जोशी। त्यसैले जोशीका अनुसार स्वच्छन्दवादी धार छोडेर यथार्थसँग नजिक रहेको छ बाआमा। उनी भन्छन्, ‘बाल्यकालदेखि भोगेको, देखेको कुरा महसुस गरेर लेखेको हुँ। आफैंले नभोग्दो हुँ त आफैंले नदेख्दो हुँ त, यसरी लेख्न सक्थिनँ हुँला।’ 

४२औं वासन्ती यात्रामा विगतको जीवन र भविष्यको कथाव्यथा सँगसँगै आएको बताउँछन् जोशी। भन्छन्, ‘आफ्नो छायालाई समेत लेख्ने कोसिस गरेको हुँ।’ ऐना, सखी र बाआमा मध्ये जोशीको निजी जीवनका पहेलीहरू बाआमाले नै बढी प्रतिनिधित्व गर्न सकेको स्वीकार्छन् जोशी। 

लेखक रामलाल जोशी।

ऐनामा गरिबीसँग जुधेका भुइँमान्छेको कथा लेखे जोशीले। सखीमा पश्चिम क्षेत्रमा लामो समय हलिया कमैयामाथि उठ्न नसकेका, स्वतन्त्रताका लागि लडेका थारू समुदायको कथालाई लेखे। तर उनले बाआमाभित्र नाता र सम्बन्धको कुरालाई जोडे। एक आख्यानकारले लेखेको बाआमाभित्र लेखक जोशी छ्यापछ्याप्ती छन्। उनका निजी जीवनको अतीतले भिजेको बाआमाको कथालाई सबैको कथासँग जोडे। बाआमा सार्वभौम जस्तो हो नेपालमा। त्यसैले निजात्मक भए पनि सबैले आफ्नो महसुस गर्न सकिने बताउँछन् उनी। 

‘बाआमाभित्र सन्तानको आँखाबाट हेरे भविष्य छ र बाआमाको आँखाबाट हेर्दा विगत छ’, उनी भन्छन्, ‘आफ्नो सन्तानप्रतिको मोह, आफ्नो आधारप्रतिको मोह, इज्जतप्रतिको मोह सम्झिएर लेखिएको हो बाआमा।’ 

बाआमा
बाआमाका कथा लेखिरहँदा धेरैपटक भावुक भएको बताउँछन् जोशी। बाको माया, आमाको काँख शीर्षकको कथा लेखिरहँदा धेरै रोएको बताउँछन् उनी। किन रोए त? 

‘मेरो मनको कथा भएरै रोएको हुँ’, उनले भने। बाआमाभित्रको कथा छाडिएका भगवानमा उनी धेरैपटक रोए। यो उनको आफ्नै गाउँको कथा हो। डोटीको कोटिला भन्ने गाउँको बास्तविक कथा हो। 

उनको बाल्यकालका रङहरू छोडिएका भगवानमा भेटिन्छ। उनी कक्षा पाँच पढ्दै थिए। त्यो समय कोटिलामा ४६ वटा घर थिए। ठीक एक वर्ष अगाडि उनी गाउँ जाँदा जम्मा एक घर बचेको देखे। र, त्यो एक घर पनि सायद यतिन्जेल भत्किसकेको होला भन्ने लाग्छ उनलाई। 

अब त गाउँ नै छैन। उजाड भयो। त्यहाँका मानिसहरू सबै हराए। कोही तराई झरे, कोही सहर पसे, कोही विदेश गए। 

बुवाको अभावमा हुर्किएका जोशीले दुःखको महसुस गर्न पाएनन्। तर आमाको संघर्षसँगै उनी हुर्किएका थिए। यस्तो बेला उनको मनमा आमाको दुःख झिल्को बनेर भरभराइरहेको थियो। 

‘त्यो रित्तो गाउँमा अब केही मन्दिर छन्। त्यो मष्टो परम्परा छोडियो। देवीदेवताहरू लाने परम्परा छोडियो’, उनी भन्छन्, ‘पुर्खा त छाड्यौं। त्यसैमा देविदेवता र विरासत पनि छाड्यौं।’

छाडिएका भगवान कथा एक हप्तामा सकेका थिए उनले। उनी त्यो एक हप्ता धेरैपटक भावुक भए। धेरैपटक सम्झनामा गह भरे। धेरैपटक रोए। उनले कल्पना गर्नु परेन। बठ्याइँ गर्नु परेन। जे देखे जे भोगे लेखे, त्यो नै प्रिय भइदियो। 

हुन त जीवनमा भेटिने र छुटिने हुन्छ। सम्बन्ध पनि जोडिने र तोडिने हुन्छन्। तर, बाआमा र सन्तानको सम्बन्ध सधैं एकनासको हुन्छ। यो नतोडेर तोडिन सक्छ, न विर्सिएर सकिन्छ। 

यस्तै–यस्तै भावुक घटनाले प्रेरणा दियो बाआमा लेख्न जोशीलाई। भन्छन्, ‘जब हामी सम्बन्धका कुरा गर्छौ, अनि भावुक हुन्छौं। आमाले सन्तानलाई सम्झाउँदा पनि भावुक हुनुहुन्छ। यो करूणा माया हो।’

उनका अनुसार सबैभन्दा बढी कारुणिक बनाउने भनेको सन्तान र बाआमाको सम्बन्ध नै हो। विर्सिदा पनि भावुक हुन्छन्। सम्झिँदा पनि भावुक हुन्छन् मान्छे। अझ दुःखदायी घटनाको पानाहरू पल्टाउन केही सम्झिए पनि भावुक भइन्छ यस्तो बेला आत्माकथा लेखु लाग्छ। आफ्नो कथाजस्तो दुःखदायी अरूको लाग्दैन। आफ्नै दुःख महान लाग्छन्। 

जोशीका दुःख पनि त्यस्तै थिए। जोशी सात वर्ष हुँदा बा बिते। आमाको पेटमा सात महिनाको बहिनी हुँदा बा बितेर गएपछि आमाका दुःखका पहाड चुलिएका थिए। उनले ऐनामा पनि लेखेका छन्, ‘धरतीको कुनै कुनामा फिरफिराइरहेको सेतो पानामा मेरो कथा भेटिन सक्ला तर आमाको कथा कागजमा लेख्न सकिँदैन।’

बुवाको अभावमा हुर्किएका जोशीले दुःखको महसुस गर्न पाएनन्। तर आमाको संघर्षसँगै उनी हुर्किएका थिए। यस्तो बेला उनको मनमा आमाको दुःख झिल्को बनेर भरभराइरहेको थियो। ‘आमा सम्झिएरै लेखेको हुँ। बुबा सम्झिएरै लेखेको हुँ। दुवैले बाआमा लेख्न हौसाउनु भयो’, उनले भने। 

जोशीकी आमा अहिले पनि छिन्। आमाको शरीरमात्रै देख्छन् जोशी। आमाभित्र आत्मा नै छैन झैं लाग्छ उनलाई। आमा एकोहोरो टोलाउँछिन्। अन्तै कतै हराउँछिन्। दिसापिसाब भएको थाहा पाउँदिनन्। बेला–बेला उनलाई आमा अब गइदिए पनि हुन्थ्यो भन्ने भाव नआएको होइन। तर, आमाको अभाव कसरी झेलुला भन्ने भाव साह्रै भावुक बनाउँछ उनलाई। 

लेखक रामलाल जोशी।

‘मैले मेरो आमा बिते पनि हुन्छ भन्ने भाव आइरहन्छ। तर, आमाले सन्तानलाई जस्तै दुःख आए पनि केही नभइदिए हुन्थ्यो भन्ने भाव आउँछ,’ एक छोरा र एक पिता भएर उनले भने। 

मानसिक रूपमा आमा विक्षप्त छिन्। खासमा आमा बहिनी वित्दा विक्षप्त भइन्। आमा २३ वर्षकै उमेरमा विक्षप्त हुनुपर्‍यो। रामलाल सात वर्षमा टुहुरो हुनुपर्‍यो। औलोले बुवालाई लगिदिएपछि आफूमुनीको भाइ र बहिनीलाई दुःखले हुर्काए आमाछोराले। बहिनीलाई एमए पढाए। गाउँमा पालिकाभित्र एमए गर्ने पहिलो महिला बनाए बहिनीलाई। विवाह गराए। जीवन राम्रै चलेको थियो। तर २०७० साल एक हिउँदको बिहान ओछ्यानमा मृत भेटिएपछि आमाको मनोबल त्यसैत्यसै कमजोर भयो। 

आमाको अवस्था देखेर जोशी पनि विक्षिप्त छन्। जोशी ती दिनताका जिन्दगानी गजल संग्रह निकाल्ने तयारीमा थिए। साहित्यकार गोविन्दराज भट्टराईलाई भूमिका पनि लेखाएका थिए। अनायसै बित्न पुगेकी बहिनीको विलौनाले पनि आमा थप विक्षप्त भइन्।

‘आफ्नै पिलो निचोर्न बाँकी छ भन्ने लागेपछि अरुको कुरा पछि लेखौंला भन्ने भयो। आफ्ना कुरा आख्यानजस्तो कसरी लेख्ने भन्ने भएपछि बाआमाले आकार हाल्दै गएको हो’, उनले भने। 

आजका युवा पुस्ता बाआमाले इमान्दार छैनन्। बाआमामा समर्पित छैनन्। बाआमाले सन्तानको दिसापिसाब सोहोर्न जहिल्यै तयार हुन्छन् तर सन्तान बाआमाको दिसापिसाब सोहोर्नु परे नियमित सेवा गर्नु परे एक महिनामा आजित भएर मरिदिए पनि हुन्छ जस्तो गर्छ। किन यस्तो हुँदै गयो त? 

जोशीले बाल्यकालमा धेरै दुःख पाए। त्यही दुःखलाई कलात्मक भाषामा आख्यानमा बुने। कहिले ऐनामा बुने कहिले सखीमा बुने र अहिले बाआमामा बुने। 

तर, आजका युवा पुस्ता इमान्दार छैनन्। बाआमामा समर्पित छैनन्। बाआमाले सन्तानको दिसापिसाब सोहोर्न जहिल्यै तयार हुन्छ तर सन्तान बाआमाको दिसापिसाब सोहोर्नु परे नियमित सेवा गर्नुपरे एक महिनामा आजित भएर मरिदिए पनि हुन्छ जस्तो गर्छन्। किन यस्तो हुँदै गयो त? 

जोशी भन्छन्, ‘सन्तानले बाआमालाई नराम्रो सोच्दैन। तर परिस्थितिले, आविस्कारले जसरी संसार साँघुरियो। जसरी भूगोल सानो भयो। त्यसैगरी मनहरू पनि टाढा भए। नाता सम्बन्ध मनहरु टाढा भए। स्वतन्त्रता खोज्न थाले आजका पुस्ताले। मान्छे नै यस्तो प्राणी रहेछ जसले एकअर्कालाई सम्झाउनु पर्ने रहेछ। यस मानेमा पनि बाआमा सबैको बन्न सक्छ।’ 

बाआमाले कहिल्यै सन्तानलाई भेदभाव गर्दैनन्। तर छोरा र छोरी बिच भेदभाव नै गर्छन्। जस्तै छोरी र छोरामा भेदभाव गरिने काम भयो। जोशीका अनुसार छोराछोरीलाई जसरी भेदभाव गरियो युवापुस्ताले अहिले बाआमालाई भेदभाव गर्न थालेको पाइन्छ। हेर्ने दृष्टिकोण पनि भेदभावको रहेछ। 

‘जति हामी शिक्षित र चेतनशिल भयौं जति हामीले आविष्कार गर्‍यौं नयाँ नयाँ, त्यति हाम्रो मन र संवेदनाहरु निर्मम हुँदै गएको रहेछ। त्यही भएर मान्छेलाई कहिलेकाहीँ करूणाले सम्झाउन पर्दोरहेछ’, जोशीले भने। 

जोशीले आफ्नो नेतृत्वमा धनगढीमा विश्व साहित्य सम्मेलन नेपाल साहित्य उत्सव गरेर देखाए। अति क्रियाशिल भएर खट्न सक्ने स्वभावका जोशी सुदूरपश्चिम साहित्य समाजको अध्यक्ष भएर तीन कार्यकाल सेवा गरे। साहित्यबाट सुदूरपश्चिमलाई केन्द्रसम्म जोड्ने कोसिस गरेका जोशीले आफ्ना लेखन कापीबाट सुरू गर्छन्। पहिलो र दोस्रो ड्राफ्ट कापीमा गरेपछि कम्प्युटरमा पठाउँछन्। उनले अहिलेसम्म कम्प्युटरमा सिधै लेखेका छैनन्। भन्छन्, ‘आफ्नो संवेदना कापीमा झर्छजस्तो लाग्छ। संवेदना तप्काउन कापीको पानी नै चाहिन्छ भन्ने लाग्छ।’

प्रकाशित: Jan 14, 2023| 17:35 शनिबार, पुस ३०, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।