सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्माण व्यवसायी महासंघले भन्यो- आयोजना समयमै सम्पन्न गर्न सकिँदैन

निर्माण व्यवसायी महासंघले भन्यो- आयोजना समयमै सम्पन्न गर्न सकिँदैन

नेपाल निर्माण व्यवसायी महासंघले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकोले आयोजना समयमै निर्माण गर्न नसकिने बताएको छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले नदी तथा खानीजन्य निर्माण सामग्री उत्खननमा समस्या देखिएकोले आयोजना समयमै निर्माण गर्न नसकिने बताएको छ।

National life

गत पुस २० मा गृह मन्त्रालयले अनधिकृत क्रसर तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयहरूले अधिकांश जिल्लामा रहेका यस्ता उद्योगमा तालाबन्दी गरिदिएको छ।

आफूले लिएका आयोजना निर्माण कार्य समयमै गर्न नसकिने पत्र सम्बन्धित निकायलाई लेखेर पठाउन पनि महासंघले विभिन्न कम्पनीहरूलाई आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ।

गृह मन्त्रालयबाट जारी निर्देशनले निर्माण उद्योगलगायत आम उपभोक्तामा नै गम्भीर असर परेको महासंघले जनाएको छ।

विभिन्न शक्ति केन्द्रहरूको आडमा कृत्रिम अभाव सिर्जना गरी कार्टेलिङलाई प्रश्रय दिँदा कालोबजारी तथा मूल्यवृद्धि हुनेसमेत महासंघका महासचिव रोशन दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jan 13, 2023| 07:59 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्