शुक्रबार, फागुन २९, २०८२

नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श

नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आगामी शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आगामी शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।

National life

नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ। यसअघिका हस्पिटलले युरोलोजीसँग सम्बन्धित ओपीडी सञ्चालन गर्ने गरेको थियो। 

अस्पिटलका अनुसार पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरूलाई सेवा दिने उद्देश्यले पुस ३० गते (शनिबार) विशेष ओपीडी सञ्चालन गर्न लागिएको हो।  शनिबार बिहान १० देखि मध्याह्न १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ।

निःशुल्क ओपीडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरू तथा कलेजोबारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन्। निःशुल्क ओपीडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेसनल हस्पिटलको ल्याण्डलाइन नम्बरमा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्ने बताइएको छ।

नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको बताएको थियो। अस्पतालले यसअघि नै मिर्गौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2023| 18:10 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्