शुक्रबार, फागुन २९, २०८२

अब उपभोक्ताले नै थाहा पाउनेछन् आफूले पिउने पानीको गुणस्तर

​स्मार्ट वाटर प्रविधिअन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन्।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- अब उपभोक्ताले समेत आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन्।  फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि ल्याएको हो। ​स्मार्ट वाटर प्रविधिअन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन्।

National life

दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रूपमा अटोमेशन गर्दै लगिरहेको छ। दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरू विकास गरेको जनाएको छ। जसमा खानेपानीको गुणस्तर मात्र नभई खानेपानीको स्रोतदेखि उपभोक्ताका घरका धारासम्मलाई स्मार्ट बनाएको छ। हाल यस प्रणाली प्रयोग गर्न अधिकांश खानेपानी समितिले चासो देखाएका छन्।

राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा शुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएका दियालोले जनाएको छ। हाल केही समितिहरूमा यस प्रणाली लागु हुने क्रममा छ। यसै क्रममा दियालो टेक्नोलोजिजले मंगलबार मोरङको उर्लाबारीमा प्रदेश नं. १ मा रहेका सबै खानेपानी समितिहरूबीच एक कार्यशाला गोष्ठी आयोजना गरेको थियो। कार्यशालामा दियालोका बिजनेस डेभलपमेन्ट हेड रोशन गौतमले दियालोको सफ्टवेयरका विशेषताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत पीआर खनालले समितिहरूका जिज्ञासाको जवाफ दिएका थिए।

हालसम्म करिब ६ सय ओटा खानेपानी समितिहरूलाई डिजिटलाइजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो  प्रणालीको विकास गरेको बताएको छ। 

करिब १० वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरू निर्माण गर्दै आएको छ। दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी,लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली,एन.आर.डब्लु (पानी चुहावट विश्लेषण ) प्रविधि,ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लिकेशन,इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर,ट्यांकीको पानी तह मापन प्रविधिजस्ता प्रणालीको विकास गरेको छ। यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तराष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2023| 18:09 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्