शनिबार, साउन ३१, २०८२

विदेशबाट फर्किएर पशुपालन गर्दै मोतीपुरका गिरी

व्यावसायिकरूपले बाख्रा, भैसी र गाईपालन गर्दै आएका उनले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन्।
 |  बिहीबार, पुस २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

vianetvianet

कपिलवस्तु- कपिलवस्तु बाणगङ्गा नगरपालिका–७ मोतीपुरका जयलाल गिरीले पशुपालनबाट मासिक रु साठी हजारभन्दा बढी आम्दानी गर्दै आएकाछन्। व्यावसायिकरूपले बाख्रा, भैसी र गाईपालन गर्दै आएका उनले २०७० सालदेखि कपिलवस्तु बाख्रापालन तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन्। सुरुआती चरणमा बाख्रा पालनबाट व्यवसाय सुरु गरेका गिरीले अहिले भैँसी, गाई र माछापालन गरी व्यवसायलाई फराकिलो बनाउँदै लगेकाछन्।

उनीसँग साना र ठूला गरी २३ भैँसी, १० गाई र ३० बाख्रा छन्। व्यावसायिक पशुपालनबाट वार्षिक लाखौँ कमाइ गर्दै आएका गिरीले मासिक  ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए। ‘साना र ठूला गरी ३३ भैँसी र गाई छन्’, उनले भने, ‘मासिकरूपमा खसी, बोका पनि बेच्दै आएको छु।’

रोजगारीको सिलसिलामा १२ वर्ष अरबको खाडीमा परिश्रम गरेको अनुभव कृषक गिरीसँग छ। ‘बाह्र वर्षसम्म खाडी मुलुकमा श्रम गरेँ उनले भने, ‘विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषिमा हात हालेको हुँ।’

स्थानीय एक सरकारी विद्यालयको तीन बिघाभन्दा बढी जग्गा भाडामा लिएर पशुव्यावसाय गरेका गिरीले अझै लगानी थप्ने योजनामा रहेको जानकारी दिए। 

यस व्यवसायमा अहिलेसम्म रु दुई करोड लगानी भइसकेको र  कृषिमै केही गर्छु भन्ने उद्देश्यले व्यवसाय सञ्चालन गरेपनि सरकारी तवरबाट कुनै सहयोग नमिलेको उनको गुनासो थियो। 

Metro Mart

राज्यले केही नगरे पनि ऋणमा सहुलियत दिए राम्रो हुने अपेक्षामा रहेका उनले कागती खेतीसमेत गर्न थालेकाछन्। कागतीले अबको केही महिनापछि उत्पादन दिने भएको छ। गिरीसँगै श्रीमती र छोरा पनि काममा खटिँदै आएका र तीन कामदारले समेत मासिक १० हजारमा काम गर्दै आएका छन्। 

उत्पादित दूध र मासु बेच्न कुनै समस्या नरहेको उनले बताए। ‘दूध लिन बिहानै गाडी फार्म मै आउँछ, खसी, बोका किन्न पनि व्यापारी यहीँ आउँछन्’ गिरीले भन्नुभयो, ‘बिक्री हुन्न कि भन्ने कुनै चिन्ता छैन।’ बाख्रामा उनले खरी, जमुनापारी, क्रस, वित्तल क्रस र लोकल जातका पालेकाछन्। नजिकै रहेको जङ्गलमा दुई घण्टा बाख्रा चराएर अघिपछि घरायसी घाँस र दाना खुवाउने गरिएको जानकारी दिँदै गिरीले व्यावसायिकरूपमा बाख्रापालन गर्न सके मासिक हजारौँ रुपैया कमाउन सकिने बताए। भैँसी स्थानीय जातका जातका छन्। दूध दिन छाडेपछि भैँसी बेच्न समस्या नहुने देखेर व्यावसायिकरूपमै  भैँसीपालन गरेको उनको भनाइ थियो। 

प्रकाशित: Jan 12, 2023| 21:00 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्