सोमबार, जेठ ४, २०८३

औद्योगिक क्षेत्रमा विद्युत् कटौती

प्राधिकरणले भारतबाट विद्युत् आयात प्रभावित भएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती सुरु गरेको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरूमा दैनिक लोडसेडिङ सुरु गरेको छ। प्राधिकरणले भारतबाट विद्युत् आयात प्रभावित भएपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती सुरु गरेको हो। बिहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुली आयात प्रभावित भएको प्राधिकरणले बताएको छ।

National life

प्राधिकरणले केही दिनका उद्योगलाई जानकारी गराएरै साँझ र विहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ। प्राधिकरणले विद्युत कटौती थालेपछि उद्योग मारमा परेका छन्। उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार दैनिक ९ घन्टासम्म अघोषित लोडसेडिङ हुन थालेको छ। ‘२४ घन्टै चल्ने उद्योग बिजुली कटौतीले प्रभावित भएका छन्,’ उनले भने।

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आएका कारण आयात रोकिन पुग्दा समस्या आएको बताउँछन्।

प्राविधिक कारण देखाएर ‘स्टेट इलेक्ट्रिसिटी’ले नेपालले आयात गरिरहेको बिजुली रोकेका कारण उद्योगमा दैनिक ७ घन्टासम्म बिजुली आपूर्ति प्रभावित हुन पुगेको उनको भनाइ छ। करिब १०० मेगावाट बढी बिजुली आयात प्रभावित भएपछि उद्योगलाई जानकारी दिएरै विद्युत काट्न थालिएको उनले दाबी गरे।

प्रकाशित: Jan 12, 2023| 17:55 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्