शुक्रबार, फागुन २९, २०८२

चार जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक, तीन जिल्लामा मागभन्दा कम उत्तीर्ण

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो।

National life

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बाजुरामा ७३ रिक्त दरबन्दीको लागि ६५ जनामात्र उत्तीर्ण भएका छन्। ८२ जना परीक्षामा सहभागी भए पनि मागअनुसार ८ रिक्त दरबन्दीमा शिक्षक उत्तीर्ण नै हुन सकेनन्।

अछाममा पनि दुई रिक्त दरबन्दीमा उत्तीर्ण हुन सकेनन्। १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिए पनि १३५ जनामात्रै उत्तीर्ण भएका छन्।

डोटीमा १४८ रिक्त दरबन्दीको लागि १३४ जनामात्रै उत्तीर्ण भएकोले १४ दरबन्दी पुन: रिक्त हुने भएको छ। परीक्षामा भने ३०९ जना सहभागी भएका थिए। कञ्चनपुर जिल्लाको लागि भने ७६ रिक्त दरबन्दीको लागि ८० जना उत्तीर्ण भएका छन्। परीक्षामा २१८ जना सहभागी भएका थिए।

बाजुराको अन्तर्वार्ता माघ १८ गते, अछामको १९ गते, डोटीको २० गते र कञ्चनपुरको २१ र २२ गते शिक्षा विकास तथा समन्वय इकाइ कैलालीमा हुने भएको छ। आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सहभागी परीक्षार्थीहरुको नतिजा सार्वजनिक गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2023| 13:39 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्