सोमबार, जेठ ४, २०८३

माघदेखि घट्दै निक्षेपको ब्याजदर

हाल १२.१३३ प्रतिशतमा रहेको निक्षेपको ब्याज १.१३३ प्रतिशतले घटेसँगै ११ प्रतिशतमा आउनेछ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं– नेपाल बैंकर्स संघले माघ पहिलो सातादेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ।

National life

२७ पुसमा सम्पन्न संघको विशेष अधिवेशनमा अध्यक्षमा निर्विरोध निर्वाचित भएका सुनील केसीले १ माघदेखि लागू हुने गरी बैंकको ब्याज घटाउने निर्णय भएको बताएका हुन्।

हाल १२.१३३ प्रतिशतमा रहेको निक्षेपको ब्याज १.१३३ प्रतिशतले घटेसँगै ११ प्रतिशतमा आउनेछ। यसबाट लामो समयदेखि पीडादायी अवस्थामा रहेको नेपाली अर्थतन्त्रले राहत महसुस गर्नेछ। 

उद्योगी, व्यवसायी लामो समयदेखि बैंक ब्याजदर घटाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

यस्तो अवस्थामा बैंकको ब्याजदर १० प्रतिशतले घटेपछि १३ खर्ब ७१ अर्बको निक्षेपमा तत्काल १.१३ प्रतिशतले ब्याज घट्ने बैंकरहरू बताउँछन्। 

ब्याजर घट्ने निर्णयसँगै बैंकहरूको बेस रेटसमेत घट्नेछ। यस्तै, मुद्दती खाताको ब्याज घट्दै जाँदा कर्जाको ब्याजसमेत घट्नेछ।

प्रकाशित: Jan 12, 2023| 11:22 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्