सोमबार, जेठ ४, २०८३

आज कति छ तरकारी तथा फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।
 |  बिहीबार, पुस २८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २८, २०७९

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो। 

National life

यसैगरी सुन्तला १०० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ। 

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ। 

यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ। राजमा घिउ सिमी ८०, तिते करेला १३० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी ९० रूपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ।

प्रकाशित: Jan 12, 2023| 11:02 बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्