सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लजिस्टिक कम्पनी उपायले पायो एनआईआईएफमार्फत ६ करोड लगानी

लजिस्टिक कम्पनी उपायले पायो एनआईआईएफमार्फत ६ करोड लगानी

लजिस्टिक कम्पनी, उपायले ६ करोड रूपैयाँको लगानी हात पारेको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- लजिस्टिक कम्पनी, उपायले ६ करोड रूपैयाँको लगानी हात पारेको छ। ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले संयुक्त रूपमा प्रवर्द्धित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ) मार्फत यस लगानीको घोषणा गरिएको हो।

National life

यो नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्डको पहिलो लगानी हो। ‘ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक, एनआईआईएफका लागि लगानी प्रबन्धक डा. मनिष थापा भन्छन्, ‘यस फण्डमार्फत हामीले पूर्वाधारका परियोजनाहरूमा लगानी गर्छौं।  उपाय लजिस्टिक पूर्वाधार भएको क्षेत्रमा अग्रणी र सक्षम खेलाडी हो। यस कारणले हामीले यसमा लगानी गरेको हौं।’ उनी थप्छन्, ‘यस लगानीको साथ, उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न जारी राख्नेछ र आगामी वर्षहरूमा यसको उन्नत प्रविधि को प्रयोग र साझा चुनौतीहरू समाधान गर्न नवीन दृष्टिकोणहरू मार्फत वृद्धिलाई अगाडि बढाउनेछ।’

यो लगानीले नेपालमा लजिस्टिक प्रणालीको मेरुदण्ड ‘लजिस्टिक पूर्वाधार’को विकासमा सहयोग पुर्‍याउनेमा लगानीकर्ताहरू विश्वस्त छन्। सन् २०१८को अन्त्य तिर सुरू भएको उपाय सिटी कार्गोले काठमाडौं लगायत मुख्य शहरहरूमा सामान ढुवानीको समस्या सुल्झाएको छ। यस कम्पनीमा हजारौं चार पांग्रे र दुई पांग्रेका चालकहरू आबद्ध छन्।

उपायले यो भन्दा अगाडी सन् २०२१ मा डोल्मा ईम्प्याक्ट फण्ड बाट १८ करोड रुपैयाँको लगानी प्राप्त गरेको थियो। उपायका प्रबन्ध निर्देशक, समुन रायमाझी प्राप्त लगानी उपाय २.० को व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा डोहोर्याउनेमा विश्वस्त  छन्।

‘उपाय २.० विशेष रूपमा पूर्वाधार सरंचना र प्रविधि विकासमा लक्षित रहनेछ। आफ्ना चालक/सवारी साझेदारहरु, फ्रेन्जाइज साझेदारहरु, व्यापारिक साझेदारहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरी नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुङ्गा हुनेछ,' उनले भने। उपाय २.० को सफल समापनका लागि उपयाको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रुपैयाँको रहेको छ। कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फन्डिङ लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ।

प्रकाशित: Jan 11, 2023| 17:52 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्