बुधबार, साउन २८, २०८२

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।
 |  बुधबार, पुस २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

vianetvianet

जुम्ला- सिंजा गाउँपालिका–६ का  किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा व्यस्त छन्। उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन्।

जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।

सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले बगैंचा व्यवस्थापन कार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय समेत सुरू भइरहेको बताए। जुम्लाका ८ वटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाहरुले जनाएको छ।

धेरैजसो किसानलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग नगरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख खेमराज शाहीले बताए।  

स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाँटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए। 

Metro Mart

बिरूवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्। खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरूवासम्म ६ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरूवा लगाउन उपयुक्त हुने बताए। 

दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिंचाइ गर्ने काममा कृषक जुटेका हुन्।

कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको छ।

प्रकाशित: Jan 11, 2023| 20:00 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्