आइतबार, चैत १९, २०७९

आरआरको नाटु नाटुले जित्यो ओस्कारपछिको ठूलो गोल्डेन ग्लोब अवार्ड

गोल्डेन ग्लोबको ८०औं संस्करणमा नाटु–नाटु गीतले बेस्ट ओरिजिनलन सङ मोसन पिक्चरको अवार्ड हात पारेको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं– दक्षिण भारतका चर्चित बाहुबाली निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को नाटु–नाटु गीतले गोल्डेन ग्लोब अवार्ड जितेको छ। गोल्डेन ग्लोबको ८०औं संस्करणमा नाटु–नाटु गीतले बेस्ट ओरिजिनलन सङ मोसन पिक्चरको अवार्ड हात पारेको हो।

National life insurance

जुनियर एनटीआर र रामचरण अभिनीत चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो। राहुल सिपलीगन्ज र काल भैरवको स्वर रहेको यो गीतको शब्द चन्द्रबोसको छ भने तेलुगु भाषाको यस गीतको कम्पोज एमएम किरवणीले गरेका हुन्। 

नाच नाच बोल राखेर हिन्दीमा डब गरेपछि यो गीतटिकटिकमा सबैभन्दा बढी भाइरल बनेको थियो। गोल्डेन ग्लोब अवार्ड जितेको यो गीत अस्कर अवार्डमा पनि ओरिजिनल सङको विधाको सर्टलिस्टमा परेको छ।

ह्वेर द क्रड्याड्स सिंगको क्यारोलाइनालगायतका चर्चित गीतलाई पछि पार्दै गोल्डेन ग्लोब अवार्ड जितेको हो, जुन गीतलाई टेलर स्विफ्टले गाएकी छिन्। यस्तै, यस विधाको सर्टलिस्टमा गुइलेर्मो डेल टोरो ज पिनोचियोको चाओ पापा, टप गनः मेभरिकको होल्ड माई ह्यान्ड र ब्ल्याक प्यान्थर : वाकन्डा फरइभरको लिफ्ट मि अप गीत पनि रहेका थिए।

आरआरआर गोल्डेन ग्लोबको दुई वटा विधामा मनोनयनमा परेको थियो। चलचित्रलाई सर्वश्रेष्ठ गैरअंग्रेजी फिल्मको विधामा पनि मनोनीत गरिएको थियो। तर यस विधामा भने अर्जेन्टिनी फिल्म अर्जेन्टिना, १९८५ ले जित हात पारेको छ।

worldlink

यो जापानमा पनि सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको थियो। भारतीय बक्सअफिसमा विभिन्न रेकर्ड तोडेर विश्वभरबाट झन्डै १२ सय करोड भारु कमाएको आरआर ओस्कारमा पनि मनोनीत भएको छ। गोल्डेन ग्लोब अवार्डमा द फाबेलम्यान्स र द ब्यान्सिज अफ इनिसिरिनले फिल्मको विधातर्फ बाजी मारे भने एबट एलिमेन्टरी, हाउस अफ द ड्रयागन र द ह्वाइट लोटस्जस्ता सिरियलले टेलिभिजन कार्यक्रमतर्फ उपाधि जितेका छन्।

मित्रताबीच आउने संकटलाई हास्य शैलीमा प्रस्तुत गरेको द ब्यान्सिज अफ इनिसिरिनले पटकथा र कोलिन फारेलको शीर्ष अभिनयसहित तीन पुरस्कार जितेको छ। बाल्यकालीन अनुभव समेटिएको स्टिभन स्पिलवर्गको फिल्म द फाबेलम्यानले निर्देशनतर्फ पुरस्कार जितेको छ। 

उत्कृष्ट फिल्म, ड्रामा द फाबेलम्यान्स (युनिभर्सल पिक्चर्स) भएको छ। बेस्ट फिल्म, म्युजिकल वा कमेडी : द ब्यान्सिज अफ इनिसिरिन (सर्चलाइट पिक्चर्स) भएको छ। उत्कृष्ट निर्देशक, मोसन पिक्चर : स्टिभन स्पिलवर्ग (द फाबेलम्यान्स) भएका छन्। उत्कृष्ट पटकथा, मोसन पिक्चर : द ब्यान्सिज अफ इनिसिरिन–मार्टिन म्याकडोनाघ भएको छ ।

उत्कृष्ट अभिनेता, फिल्मतर्फ अस्टिन बटलर (एल्विस) भएका छन्। उत्कृष्ट अभिनेत्री, फिल्मतर्फ केट ब्ल्यान्चेट (टार) भएकी छन्। उत्कृष्ट अभिनेत्री म्युजिकल वा कमेडी फिल्मतर्फ मिसेलशेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स) भएकी छन्। उत्कृष्ट अभिनेता म्युजिकल वा कमेडी फिल्मतर्फ कोलिन फारेल (द ब्यान्सिज अफ इनिसिरिन) भएका छन्। उत्कृष्ट सहायक अभिनेत्री, फिल्मतर्फ एन्जेला बासेट (ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर) भएकी छन्।

उत्कृष्ट सहायक अभिनेता, फिल्मतर्फ के हुआ क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स) भएका छन्। उत्कृष्ट टेलिभिजन सिरिज एबट एलिमेन्टरी (एबीसी) भएको छ। उत्कृष्ट अभिनेत्री, टेलिभिजन सिरिजतर्फ जेन्डाया (युफोरिया) भएकी छन्। उत्कृष्ट गैरअंग्रेजी फिल्म अर्जेन्टिना १९८५ (अर्जेन्टिना) भएको छ। उत्कृष्ट मौलिक गीत, फिल्मतर्फ नाटु नाटु (आरआरआर) भएको छ।

प्रकाशित: Jan 11, 2023| 01:23. 14 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।