सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको एकीकृत कारोबार आजदेखि

यी दुई बैंक एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्ज भएर बनेको बैंकको एकीकृत कारोबार आजदेखि सुरू हुने भएको छ। यी दुई बैंक एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो।

National life

दुवै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो भने राष्ट्र बैंकले दुवै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।

मर्जरपछि बनेको बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेण्ट बैंकको केन्द्रीय कार्यालय रहेको दरबारमार्गमा हुनेछ। दुवै बैंक १००:९० को अनुपातमा मर्जरमा गएका हुन्। अर्थात् इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन। तर मेगा बैंकको १०० कित्ता सेयर घटेर ९० कित्ता हुनेछ।

इन्भेष्टमेण्टको चुक्ता पुँजी १९ अर्ब ३ करोड र मेगाको १६ अर्ब ७६ करोड रहेकोमा मर्जरपछि ३५ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

प्रकाशित: Jan 11, 2023| 08:10 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्